१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ८ शुक्रबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार

उपराष्ट्रपतिद्वारा सुर्खेतका पर्यटकीयस्थलको भ्रमण

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ८ शुक्रबार १०:१९:००

उपराष्ट्रपति नन्दबहादुर पुनले सुर्खेतका धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गरेका छन् । सिँजा महोत्सवको उद्घाटन गर्न जुम्ला जाने क्रममा बिहीबार सुर्खेत पुगेका उपराष्ट्रपति पुनले काँक्रेविहार, देउतीबज्यै मन्दिर र बुलबुले तालको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा उपराष्ट्रपति पुनले पर्यटकीयस्थलबाट कर्णालीले पनि फाइला लिनुपर्ने बताए । ‘नेपालले पर्यटन क्षेत्रबाट धेरै आम्दानी लिन सक्छ । कर्णाली त झनै नयाँ र नौलो क्षेत्र हो । यहाँ धेरै पर्यटकीय सम्भावना भएका क्षेत्र छन्,’ उनले भने । शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्लाको सिँजा महोत्सव उद्घाटनका जाने कार्यक्रम रहेको छ ।