मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काभ्रे
२०७६ कार्तिक ८ शुक्रबार ०७:००:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काभ्रे
२०७६ कार्तिक ८ शुक्रबार ०७:००:००

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकर पक्राउ परेका छन् । प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेत नेतृत्वको टोलीले बुधबार राति पनौती–९ स्थित घरबाटै थोकरलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले बुधबार राति नै विप्लव नेतृत्वको नेकपाका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेको जानकारी दिए । पक्राउ पर्नेमा रोसी गाउँपालिका–३ का आशामान तामाङ र कृष्णबहादुर मगर छन् ।

एसपी सापकोटाका अनुसार रोसी गाउँपालिकाको सिसाखानीबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरू सरकारद्वारा राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको नेकपाका साधारण कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । 

चन्दा असुली र गतिविधि बढाएपछि प्रहरीले नेकपा कार्यकर्तामाथि निगरानी बढाएको थियो । केही दिनअघि नेकपा कार्यकर्ताले महभारत र रोसी गाउँपालिकाका विभिन्न चार स्थानमा सिलिन्डर बम विस्फोट गराएका थिए ।