१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार ११:३२:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश सांसद उषाकला राई बसिन् आमाको किरिया, श्रीमानले गरे प्रशंसा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार ११:३२:००

पुरुषले मात्र बाबुआमाको काजकिरिया गर्नुपर्छ भन्ने धारणालाई चुनौती दिँदै एक नम्बर प्रदेशकी प्रदेश सांसद उषाकला राई आफ्नी आमाको किरिया बसेकी छन् । कपाल मुण्डन गरेर उनी बिहीबार किरिया बसेकी हुन् । 

दाजुभाइ नभएकी उषाले आमाको काजकिरिया आफैं गर्ने निर्णय गरेको उनका श्रीमान पूर्वमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । सांसद राईकी ७५ वर्षीया आमा लक्ष्मी राईको बुधबार ग्रान्डी अस्पतालमा निधन भएको हो । 

सांसद राईको निर्णयको उनका श्रीमान तामाङले प्रशंसा गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, 'उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनि पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।'