१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काभ्रे
२०७६ कार्तिक ७ बिहीबार ०६:३२:००
Read Time : < 1 मिनेट
समाचार

श्रीमतीको शव लिएर फर्किंदै गर्दा श्रीमान्को पनि दुर्घटनामा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काभ्रे
२०७६ कार्तिक ७ बिहीबार ०६:३२:००

श्रीमतीको शव लिएर फर्कँदै गर्दा एम्बुलेन्स दुर्घटना भएपछि श्रीमान्को मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कर्जनाद नगरपालिका–७ घर भएका ७२ वर्षीय शोभित साह छन् । उनी ६० वर्षीया श्रीमती गंगामायाको शव लिएर घर फर्कँदा दुर्घटनामा परेका थिए । 

हृदयाघात भएपछि स.१च ११९१ नम्बरको एम्बुलेन्समा राखेर शोभितले श्रीमतीलाई काठमाडौं बासबारीस्थित सहिद गंगालाल हृदयरोग उपचार केन्द्र पु-याएका थिए । तर, अस्पताल पु-याउँदासम्म उनकी श्रीमतीको प्राण बाँकी थिएन । डाक्टरले मृत घोषणा गरेपछि शव त्यही एम्बुलेन्समा राखेर उनी आफन्तसहित सिरहा फर्कँदै थिए । 

बिपी राजमार्ग हुँदै फर्किरहेको एम्बुलेन्स नमोबुद्ध नगरपालिका–५ लासकोटमा दुर्घटना हुँदा साहसहित ६ जना घाइते भए । घाइतेलाई तत्काल धुलिखेल अस्पताल लगिए पनि साहलाई थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा रिफर गरिएको थियो । तर, अस्पतालबाट उनी जीवित फर्कन सकेनन् ।

साहको उपचारकै क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । दुर्घटनामा एम्बुलेन्सचालक देवराज श्रेष्ठ पनि सामान्य घाइते भएका थिए । उपचारपछि उनलाई काभ्रे प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।