मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार ११:०९:००
Read Time : > 3 मिनेट
अर्थ

यस्तो छ चितवन महोत्सवमा सहभागीका विचार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार ११:०९:००

समृद्धिको यात्रामा कसैको जित–हार हुँदैन
कृष्णभक्त पोखरेल
प्रतिनिधिसभा सदस्य
कानुन, न्याय तथा मानवअधिकार समिति सभापति

जिल्लाको भौतिक पूर्वाधारमा जोड दिएका छौँ । केरुङलाई विकासको मूल नाका बनाउन लागिपरेका छौँ । विकासमा अब कांग्रेस कम्युनिस्ट छैन । जनताको आधारभूत आवश्यकता ख्याल गरेर अघि बढ्न आवश्यक छ । अब विकासको विकल्प नभएकाले  समृद्धिको यात्रामा हिँड्दा निजी क्षेत्रको सहयोग अत्यावश्यक छ । संविधानमा तीनखम्बे अर्थनीति व्यवस्था छ । विगत र अहिलेको अवस्थामा शान्तिको अवस्थामा धेरै सुधार भएको छ । समृद्धिको यात्रामा कसैको जित–हार हुँदैन । विकाससँग सम्बन्धित बाझिएका कानुनहरू सुधार गर्न तयार छौँ । निजी क्षेत्रको आत्मबल उच्च बनाएर मात्र समृद्धि हुन सक्छ । देशको मुख्य आर्थिक हब चितवन बनाउन सबै लाग्नुपर्छ ।

सरकारसँग समन्वय गर्न तयार छौँ
किशोर प्रधान
उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ

अहिले निजी क्षेत्रको हालत खराब छ । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सकेको छैन । राजनीतिक क्रान्ति सम्पन्न भए पनि अझै नैतिकताको क्रान्ति गर्नुपर्ने देखिन्छ । नेताहरू जो देश सञ्चालनको बागडोर सम्हालेका छन् उनीहरू एकमन हुन नसक्दा निजी क्षेत्र पनि लगानीका लागि ढुक्क हुन सकेको छैन । नैतिकताको क्रान्तिपछि मात्र आर्थिक क्रान्तिमा अघि बढ्नुपर्ने हुन्छ । 

सरकारसँग समन्वय गर्न तयार छौँ । सरकारले विश्वास दिनुप-यो । गाउँनगरअनुसार फरक–फरक कर लगाइएको छ । यो संवेदिनशील विषयमा ध्यान दिइयोस् । करकोे विषयमा यस वर्ष जे–जति विवाद देखिए आगामी वर्षमा त्यस्तो नहोस् भन्ने हाम्रो चाहना रहेको छ । 

पोल्ट्रीमा चितवनको ८० प्रतिशत योगदान छ
चण्डीराज ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर उपाध्यक्ष

चितवन महोत्सवकै आफ्नै इतिहास छ । यहाँको कलासंस्कृति जगेर्ना गर्न, कृषि व्यवसायीकरणमा यस जिल्लाको भूमिका छ । पर्यटकका लागि नयाँ गन्तव्य पहिचानमा सफल भएको छ ।नेपालको पोल्ट्रीमा ८० प्रतिशत योगदान चितवनको छ । कृषिका लागि उर्वर भूमि छ । निजी क्षेत्रको प्रगतिविना राज्यको राजनीतिले स्थिरता पाउँदैन । विकासका सम्भावना भएका क्षेत्र पहिचान गरी अघि बढेको अवस्था छ । लगानीकर्ताले प्रतिफलमा ध्यान दिने हुँदा लगानी सुरक्षामा राज्य जिम्मेवार हुनुपर्छ । अवसरलाई चुनौती नभई अवसरका रूपमा लिनुपर्छ । नारायणी तीरलाई तटबन्धन गरेर विकास गर्न सकिन्छ । विद्युत् उत्पादन, सुरक्षित बस्तीजस्ता बहुआयामका गतिविधि गर्न सकिन्छ ।

चितवनको विकासमा इँटा थप्नेछ 
अरुण नेपाल
उद्योग पर्यटन वन तथा वातावरणमन्त्री, प्रदेश नं. ३

देशको बीच भागमा रहेकाले यसकोे  महत्व अन्य स्थानको भन्दा बढी रहेको छ । चितवन विभिन्न सूचकांकमा अगाडि छ । शिक्षा, रोजगारी, व्यापार अन्य जिल्लाले अनुकरण गर्नलायक छ । दुनियाँमा लोप हुन लागेको एकसिंगे गैँडा यहाँ रहेको छ । राष्ट्रिय निकुञ्जले यहाँको पर्यटन विकासमा कोसेढुंगा सावित छ । त्यस्तै पोल्ट्रीको विकासले पनि टेवा पु-याएको छ । संविधानअनुसार विकास गर्न तीन तहको सरकार बनेको छ । देशले निर्दिष्ट बाटो समाउन सफल भएको छ ।प्रदेश ३ को सरकार यहाँको विकास गर्न तल्लीन छ । विकासका विभिन्न नीति योजनासहित प्रदेश सरकारले यस वर्षलाई उद्योग वर्ष घोषणा गरेको छ । हामी सबै सम्भावना बोकेर अघि बढेका छौँ । महोत्सवले जिल्लाको विकासमा इँटा थप्ने विश्वास लिएको छु ।

शान्ति सुरक्षा कायम गरिएको छ
जितेन्द्र बस्नेत
प्रमुख जिल्ला अधिकारी, चितवन

नेपालकै उत्कृष्ट महोत्सव । जिल्लामा भएको कृषि, पर्यटन, उद्योगको विकास र आर्थिक राजधानीको रूपमा अघि बढेको छ । उवासंघको सक्रियतामा भएको यस महोत्सवले यहाँको आन्तरिक उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि ठूलो भूमिका खेल्नेछ । साथै मनोरञ्जनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ । मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भूमिका खेलेको हुन्छ । नारायणी नदी देवघाटदेखि गोलाघाटसम्म पर्यटकीय विकास गर्न गुरुयोजना बनाई पिपिपी मोडलमा चाँडै नै काम गर्नुपर्छ । यो योजना छिटै सम्पन्न गर्नुपर्छ । सबै सरकारी कार्यालयहरू संघीय संरचनामा गएको अवस्था छ । कोही संघ त कोही प्रदेशमा सीमित छन् । अहिले प्रशासनिक संक्रमणकाल देखिएको छ । जिल्लाको विकास निर्माण सहजीकरण, सुशासन कायम गर्न अहोरात्र खटिएका छौँ । शान्ति सुरक्षा सामान्य छ । कृषि पर्यटन र उद्योग क्षेत्रको सुरक्षा मजवुद बनाउन मेहेनत जारी छ । यो महात्सवमा पनि योजना बनाइ शान्ति सुरक्षा कायम गरिएको छ ।

निजी क्षेत्रलाई  बाइपास गरे विकास हुन्न
चन्द्रप्रसाद ढकाल
एसोसिएट उपाध्यक्ष

नेपाल उद्योग वाणिज्य महासंघसरकारसँग निजी क्षेत्र सहकार्य गर्न तयार छ । सरकारले विकास निर्माण र समृद्धिमा निजी क्षेत्रलाई उत्प्रेरणा दिनुपर्छ । अहिले बहुमतको सरकार बनेको छ । यसले आगामी ४ वर्षमा धेरै परिवर्तन गर्न सक्छ ।तर, निजी क्षेत्रलाई बाइपास गरेर विकास नीतिहरू अख्तियार गरिए त्यो दीर्घकालीन समस्या पनि बन्न सक्छ । मलेसियाजस्तो  देश निजी क्षेत्रसँगको सहकार्यबाट अघि बढेको छ । त्यहाँको निजी र सार्वजनिक क्षेत्रको समन्वय लोभलाग्दो छ । निजी क्षेत्रलाई कसरी साथमा लिई अगाडि बढ्ने भन्ने विषयमा सार्वजनिक क्षेत्र अर्थात् सरकार चनाखो हुन सकेन भने देश उल्टो दिशामा जानेछ । जसले गर्दा प्राप्त उपलब्धिहरू नै धरासयी बन्ने देखिन्छ । 

चितवनलाई दोस्रो पर्यटकीय गन्तव्य बनाउँछौँ
रेणु दाहाल
मेयर, भरतपुर महानगर

आयोजक संस्थाका रूपमा हामी यस महोत्सव सफल बनाउन लागिरहेका छौँ । विगतमा कृषि क्षेत्रलाई प्रवद्र्धन थियो भने यस पटक पर्यटन प्रवद्र्धनमा हामी केन्द्रित छौँ । देशकै तेस्रो पर्यटकीय गन्तव्य रहेको यस जिल्लालाई अब दोस्रो पर्यटकीय गन्तव्य चितवनलाई बनाउन चाहन्छौँ । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा हाम्रो पहिचान हो । सौराहा, देवघाट, पटिहानी, माडी आदि पर्यटकीय क्षेत्रका रूपमा रहेका छन् ।

नदी किनार महोत्सव आयोजना स्थल पर्यटकीय क्षेत्र हो । अन्तर्राष्ट्रिय स्तरको प्रदर्शन केन्द्र पनि सहयोगी हुनेछ । शक्तिखोर औद्योगिक पार्क बनाउने कुराले पनि जिल्लाकोे विकास सम्भव देखिन्छ । त्यस्तै सिटी हल, क्रिकेट रंगशाला हाम्रा गहना हुन् । अब देख्ने, भोग्ने हिसाबले विकास हुन्छ । दोष र आरोपभन्दा पनि आपसमा मिलेर जानु आवश्यक छ । चितवनलाई वैकल्पिक राजधानीका रूपमा अघि सार्नुपर्छ । नदी किनार हुँदै नगर वनसँग पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ । यसका लागि दूरगामी सोच बनाउनुु आवश्यक छ । 
महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ । महोत्सवमा महानगर आयोजक हुनु पनि सहकार्य नै हो । कर नीतिमा हामी व्यवसायीसँगै छाैँ । नयाँ अवस्था र व्यवस्था रहेकाले विगतलाई बिर्सेर नयाँ सोच र तरिकाले अघि बढ्नु आवश्यक छ । महोत्सवलाई करको दायरामा ल्याउन महानगर सफल भएको छ ।

नेपाल भ्रमण  वर्षलाई टेवा पु-याउनेछौँ
सहनलाल प्रधान संयोजक, चितवन महोत्सव

चितवनवासीको महान् पर्वका रूपमा स्थापित यस महोत्सवको माध्यमबाट उद्योग व्यवसायको प्रवद्र्धन, कलासाहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातिको परम्परा, 
रीतिरिवाज र वेशभूषाको जगेर्ना हुनाका साथै कृषि पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा, सूचनाप्रविधि र पूर्वाधारलगायतका क्षेत्रको विकासका सम्भावना पनि उजागर हुनेछ भन्ने लागेको छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेका सन्दर्भमा यस अभियानलाई टेवा पु¥याउने उद्देश्यले यसपटकको चितवन महोत्सवलाई केन्द्रमा राखेर आयोजना गरिएको छ । चितवन जिल्लाका ५० वटा पर्यटकीय गन्तव्यको तस्बिर समेटिएको नेपाली र अंग्रेजी दुवै भाषमा चितवन जिल्ला पर्यटन निर्देशिका सार्वजनिक गरिएको छ ।