मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ कार्तिक ६ बुधबार १५:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपनिर्वाचनमा सहभागी हुदैनौं : वैद्य

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ६ बुधबार १५:३८:००

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य(किरण)ले उपनिर्वाचनमा भाग नलिने बताएका छन् । बुधबार पार्टीले प्यूठानको जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले उपनिर्वाचनलाई बहिष्कार गर्ने बताएका हुन् ।

‘अहिलेको सरकारले देश र जनाताका निम्ति काम गरेको छैन, बदनाम भएको छ,’ महासचिव वैद्यले भने, ‘गतल क्रियाकलापको विरोध गर्ने उदेश्यले हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’ जनताको समस्या समाधान गर्ने तर्फ सरकारले कुनै ध्यान नदिएको समेत उनले बताए । 

उपनिर्वाचनको समयमा पार्टीले संगठन विस्तार, कार्यकर्ता भेटघाटका कार्यक्रमहरु अगाडि बढाउने समेत उनले बताए । वैद्यले नेपालको नक्सा भारतीय सरकारले बनाइदिएको भन्दै संविधानमा पनि नेपालको नक्सा नराखेको आरोप समेत लगाए । 

‘विप्लवलाई सुधार्नपर्छ’
विप्लवले पछिल्लो समयमा गरेका आन्दोलनहरु सही नभएको वैद्यले बताए । ‘विप्लवजीले सहि कामहरु गर्नुभएको छैन,’ उनले भने, ‘रहस्यमय कार्यदिशा बनाएर युद्धमा गएर केही काम छैन ।’ विप्लवले एकीकृत जनक्रान्ती शब्द राम्रो राखेपनि शब्द अनुसारको संघर्ष नगरेको बताए ।

विप्लव समुहलाई प्रतिबन्ध लगाउन नहुनेमा उनले जोड दिए । ‘प्रतिबन्ध भन्दा पनि समस्या समाधान तर्फ लाग्नुपर्छ,’ उनले भने, ‘विप्लवजीलाई वार्तामा बोलाएर सल्लाह गर्नुपर्छ ।’ गलत ढंगले अघि बढेको विप्लवलाई सुधार्नुपर्ने उनले बताए । 

तत्कालिन समयको कुशल सहकार्यलाई स्मरण गर्दै प्रचण्ड र बाबुरामले सबै पुराना कुरा बिर्सिएको वैद्यले बताए । यी दुवै नेतामा कम्युनिस्टको सिद्धान्त सकिएको बताए ।