Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक ६ बुधबार १२:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

श्रीमतीको शव बोकेको एम्बुलेन्स दुर्घटनामा परी श्रीमानको पनि मृत्यु

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ६ बुधबार १२:४०:००

सिरहाको कर्जनाह नगरपालिका ७ की ६० वर्षीया गंगादेवी मृटु सम्बन्धि रोगको बिरामी थिइन् । बिरामी श्रीमतीलाई उपचारको लागि एम्बुलेस मार्फत उनका श्रीमान सोभित साहले काठमाडौंको गंगालाल अस्पताल पुर्याएका थिए । गंगादेवीलाई अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको अस्पतालले जनाएपछि सोभितले सोही एम्बुलेन्समा शव घर फर्काउदै थिए । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोभितसहित ६ जना चढेको एम्बुलेन्स मंगलबार बिहान विपी राजमार्गको नमोबुद्ध नगरपालिका ५ लासकोटमा दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्समा सवार ६ जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते भएका साहलाई थप उपचारको लागि अन्नपूर्ण न्योरो अस्पताल काठमाडौं लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

अन्य घाइतेहरूको भने धुलिखेल अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक देवराज श्रेष्ठलाई भने उपचारपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ ।