मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार ०९:३५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

डेंगु कारण र रोकथाम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार ०९:३५:००

डेंगु एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेंगु भाइरस चार प्रकारका हुन्छन्, जसलाई भाइरस १, २, ३, ४ मा विभाजन गरिएको छ । यो लामखुट्टे दिउँसोको समयमा सक्रिय रहने गर्छ । एडिज लामखुट्टेको टोकाइबाट डेंगुबाहेक चिकन गुनिया, जिकालगायत संक्रमण हुने गर्छ । लामखुट्टेले एकपटकमा कम्तीमा आठजनालाई टोक्ने भएकाले एकचोटि भाइरस देखिएमा छिट्टै महामारीका रूपमा फैलन्छ । 

लक्षण 
अधिकांशमा डेंगुको लक्षण देखिँदैन । कतिपयमा सामान्य ज्वरो आउँछ भने डेंगुको संक्रमण भएकामध्ये झन्डै ३ प्रतिशतमा बान्ता हुने, पेट दुख्ने, शरीरमा पानी जम्ने, रक्तश्राव हुने, मिर्गाैलामा असर देखिनेजस्ता समस्या देखिन्छन् । यस्तै, भाइरस शरीरमा प्रवेश गरिसकेपछि डेंगी नामक कडा ज्वरो आउने गर्छ । मांसपेशी दुख्ने र जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, ढाड दुख्ने, रगतमा सेता रक्तकोषको कमी हुनेलगायत समस्या देखिन्छन् । 

एकपटक डेंगुबाट प्रभावित भएका व्यक्तिमा पुनः डेंगु हुने सम्भावना बढी रहन्छ । यसबाहेक डेंगु भएको समयमा जन्मिएका बच्चामा, प्रतिरोधी क्षमता उच्च भएका व्यक्तिमा डेंगुले जटिल समस्या निम्त्याउने गर्छ । जटिल खालको डेंगु भएमा मानिसको ज्यान पनि जान सक्छ । 

बाहिर निस्कँदा लामो बाहुला भएको कपडा प्रयोग गर्नुपर्छ । यस्तै लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे पनि प्रयोग गर्न सकिन्छ । सुत्ने ठाउँमा झुलको प्रयोग र झ्याल–ढोकामा जाली प्रयोग गर्नुपर्छ ।

कसरी बच्ने ?

  •  एडिज लामखुट्टेले सफा पानीमा अन्डा पार्ने गर्छ । लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुने भएकाले गमला, जथाभावी फलिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी, टायर आदिमा जमेको पानीमा लामखुट्टेले अन्डा पार्ने गर्छ । तसर्थ यस्ता ठाउँ सफा राख्नुपर्छ । पानी राख्ने भाँडा छोपेर खान सकिन्छ । 
  •  बाहिर निस्कँदा लामो बाहुला भएको कपडा प्रयोग गर्नुपर्छ । यस्तै लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे पनि प्रयोग गर्न सकिन्छ । सुत्ने ठाउँमा झुलको प्रयोग र झ्याल ढोकामा जाली प्रयोग गर्नुपर्छ ।
  •  सबैले मिलेर गाउँघर सफा गर्नुपर्छ । त्यस्तै, पानी जम्मा हुने खाल्डाखुल्डीमा लामखुट्टे मार्ने स्प्रे प्रयोग गर्नुपर्छ । डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्छ ।   

 डा. विमललाल कर्ण बालरोग विशेषज्ञउपप्राध्यापक पिपल्स मेडिकल कलेज