१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ४ सोमबार १५:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा (क्रान्तिकारी माओवादी)ले उपनिर्वाचिन बहिष्कार गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ४ सोमबार १५:४८:००

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ । पार्टीले सोमबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो । 

निर्वाचन आयोगले तीन वटै तहमा खाली भएकाे ५२ स्थानमा उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेपछि वैद्य नेतृत्वको पार्टीले बहिष्कार गर्ने घोषणा गरेको हो । देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिए ।

नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बनाएर यसअघिको संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो । तर अब हुने उपनिर्वाचनले जनता र देशको समस्या समाधान नगर्ने भएकाले बहिष्कार गर्ने निर्णय पार्टीले लिएको नेता गजुरेलको भनाइ छ । उनले सरकार, व्यवस्था र संविधान टिक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको दावी गर्दै त्यसको विकल्प खोजी गर्ने चेतावनी दिए ।