१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अनु आचार्य
२०७५ पौष १ आइतबार १२:३५:००
Read Time : > 1 मिनेट
समाचार

रसुवागढी नाका हुँदै ७ हजारभन्दा बढी मानसरोवर प्रस्थान

Read Time : > 1 मिनेट
अनु आचार्य
२०७५ पौष १ आइतबार १२:३५:००

रसुवागढी नाका हुँदै ७ हजारभन्दा बढी कैलाश मानसरोवर गएका छन् । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल तिब्बतको कैलाश मानसरोवर तीर्थाटनका लागि यस वर्षको सिजनमा ७ हजार २ सय ४७ जना रसुवागढी नाका हुँदै गएका हुन् । २९ वैशाखदेखि ८ असोजसम्म भारतीय ६ हजार ४ सय ५३ र नेपाली ३ सय १६ मानसरोवर गएको अध्यागमन कार्यालय रसुवागढीका अध्यागमन अधिकृत विष्णु घर्तीले जानकारी दिए । यस्तै, अध्यागमन कार्यालयमा दर्ता नभई ४ सय ७८ जना मनसरोवर गएका छन् ।

कैलाश मानसरोवर जाने मुख्य सिजन मेदेखि सेप्टेम्बरसम्म हो । समुद्री सतहबाट करिब ६ हजार ५ सय मिटर उचाइमा रहेको मानसरोवर रसुवागढी नाकाबाट करिब ६ सय किलोमिटर टाढा पर्छ । विगत वर्षमा यस नाकाबाट फाटफुट मात्र मनसरोवर जाने गरेका थिए । तर, यस वर्षको सिजन सुरु भएसँगै रसुवागढी हुँदै मानसरोवर जानेको संख्या बढेको घर्तीले बताए । अन्य नाकाभन्दा रसुवागढी छोटो र सहज रहेको अल्पाइन कैलास ट्रेकका प्रबन्ध निर्देशक प्रदीप पण्डितले बताए । 

यात्रुलाई सास्ती
रसुवागढीलाई प्रमुख व्यापारिक केन्द्र बनाएको चीनले धार्मिक पर्यटनका लागि समेत प्रयोग गरेको छ । चीनतर्फ व्यवस्थित भए पनि नेपालतर्फको सडकको अवस्था भने दयनीय छ ।  नेपालतर्फ रसुवागढी नाकामा होटेल व्यवस्थित नहुँदा समस्या हुने गरेको यात्रुको गुनासो  छ ।

६ जनाको मृत्यु
यस वर्षको सिजनमा रसुवागढी हुँदै मानसरोवर गएका मध्ये ६ जनाको मृत्यु भएको छ । ४ महिला र २ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए ।  मानसरोवर पुगेका २ जना घाइते भएको प्रहरीले जनाएको छ । 

किन जान्छन् मानसरोवर ?
तिब्बतको ल्हासामा रहेको कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको पवित्र स्थल हो । मानसरोवर कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । साधारणतया ४० देखि ७० वर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् । नेपालको पशुपतिनाथपछि कैलाश मानसरोवरलाई पवित्र तीर्थस्थल मानिने गरिएको छ ।