मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ३ आइतबार २०:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुरक्षामा खटिएका प्रहरीमाथि हातपात, आठ प्रहरी घाइते

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३ आइतबार २०:३८:००

दैलेखमा संचालन भएको सांस्कृति तथा घरेलु व्यापार मेलाको सुरक्षामा खटिएका प्रहरीमाथि युवाहरुले हातपात गरेका छन् । प्रहरीमाथि हातपात भएपछि ८ जना प्रहरीहरु घाइते भएका छन् ।

महोत्सव स्थल नारायण नगरपालिका-६ काँडाचौरमा युवाहरुबीच झगडा हुने अवस्था भएपछि दुवै पक्षलाई सम्झाउन खोज्दा प्रहरीमाथि नै हातपात गरेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । युवाहरुले प्रहरीको हतियार खोस्ने प्रयास गरेको उनले बताए ।

प्रहरीमाथि हातपात गर्ने केही युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाहारकोटका डेनिम थापा, नरेन्द्र प्याकुरेल र सुरेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनामा संलग्न अन्य युवाहरूकाे खोजी कार्य तिब्र पारिएको छ । झगडाको विषय र प्रहरीमाथि हातपात युवालाई सिसी क्यामेराको फुटेजको आधारमा खोजी गरी कारवाही प्रक्रिया थालनी गर्ने प्रहरीले जानकारी दिएको छ ।