मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ३ आइतबार १५:१२:००
Read Time : < 1 मिनेट
समाचार

आलममाथि थप दुई मुद्दा दर्ता, अनुसन्धानको लागि पाँच दिन म्याद थप

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३ आइतबार १५:१२:००

बम विस्फोटमा घाइते भएका पाँच जनालाई इँटाभट्टामा हालेर निर्मम हत्या गरेको अभियोगमा पक्राउ परेका प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री मोहमद अफ्ताव आलमविरुद्ध थप दुई मुद्दा दर्ता भएको छ । 

जिल्ला न्यायाधीबक्ता खवीन्द्रराज कटुवालका अनुसार उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा र बम विस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता भएको हो । 

आलमको विश्वासपात्र सखी मोहम्मद (घटनाका घाइते) का जाहेरीको आधारमा आलमविरुद्ध थप दुई मुद्दा दर्ता भएका हुन् । 

साथै उक्त घटनाबारे अनुसन्धानको लागि भन्दै जिल्ला अदालत रौतहटले थप पाँच दिनको म्याद थप गरेको छ । 

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पहिलो पटक थप गरिएको सात दिनको समय सकिएपछि पुन पाँच दिनको म्याद थप गरेको हो । 

पटक पटक अदातमा उपस्थित गराइदा पनि उनले बयान दिन नमानेपछि आइतबार उनलाई तेस्रो पटक जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको हो ।