मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३ आइतबार १३:१९:००
Read Time : < 1 मिनेट
समाचार

गैर आवासीय नेपालीले सहयोग गरे पर्यटन प्रवर्द्धन गर्न कुनै समस्या छैन : पर्यटनमन्त्री भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ३ आइतबार १३:१९:००

सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सदभावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सम्भावना दूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिए । त्यसको लागि उनले उपर्युक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् ।

आइतबार एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवद्र्धन गर्न कुनै समस्या नरहेको बताए । उनले नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताए । विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवद्र्धन गर्ने काममा समस्या देखिएको उनको भनाई थियो । मन्त्री भट्टराईले जननिर्वाचित तीनै तहको सरकारहरुले काम गरिरहेकाले मुलुकमा छिट्टै सुशासन आउनेमा आश्वस्त हुन सबैलाई आग्रह गरेका छन् । 

उनले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा सरकारले यथोचित ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।