१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३ आइतबार ०७:५४:००
Read Time : < 1 मिनेट
अर्थ

एनआइसी एसिया बैंक र वल्र्डलिंकबीच डिजिटल भुक्तानी सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३ आइतबार ०७:५४:००

एनआइसी एसिया बैंक र वल्र्डलिंक कम्युनिकेसन्सबीच डिजिटल भुक्तानी गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौतासँगै बैंकका ग्राहकले ३० असोजदेखि १६ कात्तिकसम्म वल्र्डलिंकको इन्टरनेट बिल, मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र वल्र्डलिंकका प्रमुख वित्त अधिकृत सञ्जयकुमार साहले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । साथै, ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिंकका कुनै पनि आउटलेट तथा शाखाबाट इन्टरनेटको बिल सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्थासमेत गरेको कम्पनीले जनाएको छ  ।

हाल बैंकले ३ सय १ शाखा कार्यालय, ३ सय ७५ एटिएम, ८४ एक्सटेन्सन काउन्टर एवं ४२  शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।