मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काबुल
२०७६ कार्तिक ३ आइतबार ०९:३८:००
Read Time : < 1 मिनेट
विश्व

 मस्जिद विस्फोटनमा मृत्यु हुने ६२ पुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काबुल
२०७६ कार्तिक ३ आइतबार ०९:३८:००

अफगानिस्तानको नन्गाहार प्रान्तको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहार प्रान्तको मस्जिदमा भएको विस्फोटमा अन्य ३३ जना घाइते भएका छन् । सो प्रान्तका प्रान्तीय प्रवक्ताले मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

राष्ट्रसंघले अफगानिस्तानमा हिंसा बढिरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिरहेका वेला शुक्रबार प्रार्थना भइरहेका वेला मस्जिदमा शक्तिशाली विस्फोट भएको थियो । राष्ट्रसंघका अनुसार जुलाई र सेप्टेम्बरका बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको संख्या ११ सय ७४ थियो ।

विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । तर, सो क्षेत्रमा तालिबान र इस्लामिक स्टेट (आइएस) दुवै समूह सक्रिय छन् । प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा हास्का मिना भन्ने जिल्लामा रहेको मस्जिदमा विस्फोट भएको हो । प्रत्यक्षदर्शीले मस्जिदको छत खस्नुअघि ठूलो आवाजसहितको विस्फोटनको आवाज सुनेको बताएका छन् ।

विस्फोटनका वेला ३५० भन्दा बढी व्यक्ति मस्जिदमा रहेका स्थानीय ओमार घोर्जाङ्ले बताए । उनले विस्फोटनपछिको घटनामा परी केहीको घटनास्थलमै मृत्यु भएको बताए । सो विस्फोटको राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकाय र विभिन्न देशले चर्को आलोचना गरेका छन् ।