मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १२:३२:००
Read Time : > 1 मिनेट
अर्थ

बिएमडब्लूको मोटरसाइकल नेपाली बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १२:३२:००

काठमाडौं - जर्मनीको अटोमोबाइल्स कम्पनी बिएमडब्लूद्वारा उत्पादित दुई मोडेलका मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले जी–३१०आर र जी–३१०जिएस मोडेलका मोटरसाइकल बजारमा भित्र्याएको हो । 

इन्ट्री लेबल सेग्मेन्टमा भारतीय प्लान्टबाट उत्पादन गरिएको यो बाइक औपचारिक रूपमा नेपालमा बिक्री–वितरण सुरु भइसकेको कम्पनीले जनाएको छ । उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फमेन्सका कारण बिएमडब्लूका बाइक संसारभर चर्चित रहेको कम्पनीले जनाएको छ । इन्ट्री लेबलका यी दुवै मोडेललाई आकर्षक बनाउन कुनै कसर बाँकी नराखेको कम्पनीको दाबी छ ।

इन्जिन
दुवै बाइकमा ३१३ सिसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोर भल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९५०० आरपिएममा ३४ बिएचपी पावर र ७५०० आरपिएममा २८ एनएम टर्क उत्पादन गर्छ ।

तौल र गति
जी–३१० जिएसको तौल १ सय ६९ केजी रहेको छ । त्यस्तै, जी–३१० आरको तौल १ सय ५८ किलोग्राम ५ सय ग्राम रहेको छ । दुवै बाइकमा ६ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ । यी दुवै बाइकको उच्च गति १ सय ४३ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । 

बाइकमा राइडिङ क्षमतासँगै उत्कृष्ट ब्रेकिङ सिस्टम दिइएको कम्पनीको दाबी छ । यसको अगाडि र पछाडि दुवैतिर १७ इन्चको अलोय ह्विल रहेको छ । यसमा डबल च्यानल एबिएस र अगाडि ३ सय एमएम डिस्क ब्रेक र पछाडि २ सय ४० एमएमको सिंगल पिस्टन क्यालिबरजडित डिस्क ब्रेक दिइएको छ ।

फिचर
यी बाइकमा सार्प र सिल्क बडी, सिंगल स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको प्रयोग गरिएको र यसलाई ‘पेन्टागन विन्ड सिल्ड’ले ढाकिएको जनाइएको छ । यसमा टेकोमिटर, स्पिडोमिटर, ओडोमिटर, प्mयुल गेज, गेयर इन्डिकेटर, एबिएस सिग्नलका साथ अन्य थुप्रै रेगुलर फिचरहरू रहेको कम्पनीको दाबी छ ।

रङ अनुसारको मूल्य
यी बाइकमा सार्प र सिल्क बडी, सिंगल स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको प्रयोग गरिएको र यसलाई ‘पेन्टागन विन्ड सिल्ड’ले ढाकिएको जनाइएको छ । यसमा टेकोमिटर, स्पिडोमिटर, ओडोमिटर, फ्युल गेज, गेयर इन्डिकेटर, एबिएस सिग्नलका साथ अन्य थुप्रै रेगुलर फिचरहरू रहेको कम्पनीको दाबी छ ।