Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २ शनिबार ०७:४७:००
Read Time : < 1 मिनेट
अर्थ

गरिबी हटाउन विश्व बैंकको सहायता खाँचो : अर्थमन्त्री खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २ शनिबार ०७:४७:००

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको प्राथमिकताअनुसार चरम गरिबी केही वर्षभित्रमा हटाउन र औसत आयु एसिया प्रशान्त क्षेत्रको औसत आयुबराबर पु-याउन विश्व बैंकको सहायता राशिमा वृद्धि गर्न जरुरी रहेको बताएका छन् । अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंक समूहको दक्षिण–पूर्वी एसिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा उनले यस्तो धारणा राखेका हुन् । 

बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋणमाथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको उनले बताए । मन्त्री  खतिवडाले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास पनि दिलाए ।

विश्व बैंकका उपाध्यक्ष हर्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा प्रशंसा गरे । उनीहरूले आगामी दिनमा अझ धेरै साझेदारी गर्न बाँकी रहेको बताए । नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान–प्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष हर्टविक सेफरले नेपालले छोटो सयममा वित्तीय संघीयता कार्यान्वयन गर्न सफल भएको बताए । 

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरूको १४औँ अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले यस क्षेत्रको आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहेको बताए । 

अन्तरदेशीय सडकलगायत हवाई सञ्जालको पर्याप्त विकास हुन सकेमा यसले आर्थिक वृद्धिमा योगदान पु‍-याउने उनको धारणा थियो । अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोगबाट अन्तरदेशीय सडक सञ्चालनका लागि पूर्वाधारहरूको विकास गर्न मद्दत पुग्ने बताए ।