मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ कार्तिक २ शनिबार ०७:४०:००
Read Time : > 1 मिनेट
समाचार

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक : २१ र २७ कात्तिकमा उम्मेदवारको मनोनयन दर्ता  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ कार्तिक २ शनिबार ०७:४०:००

निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले संघीय निर्वाचन क्षेत्र, तीन प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहका उम्मेदवारको मनोनयन दर्ता, मनोनयन–पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिनेलगायत कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले एक संघीय निर्वाचन क्षेत्र र तीन प्रदेश सभा निर्वाचन क्षेत्रका लागि २१ कात्तिक बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयन–पत्र दर्ता गर्ने, साढे १ देखि ३ बजेसम्म मनोनयन–पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने तालिका तोकेको छ ।

आयोगले २३ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म मनोनयन–पत्र र उजुरीउपर जाँचबुझ गर्ने र सोही दिन मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । २४ गते नाम फिर्ता लिने, २५ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । २५ कात्तिकमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ । 

आयोगले स्थानीय तहका लागि हुने उपनिर्वाचनको उम्मेदवारको २७ कात्तिक बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन–पत्र दर्ता गर्ने भएको छ । साढे १ देखि ३ बजेसम्म मनोनयन–पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ ।

३० गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका आयोगले सार्वजनिक गरेको छ । १ मंसिरमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । १४ मंसिर बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदै छ । प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य तीन, स्थानीय तह प्रमुख तीन, वडाध्यक्ष ४८ गरी ५२ रिक्त पदको लागि उपनिर्वाचन हुन लागेको हो ।