मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २ शनिबार ०६:५७:००
Read Time : > 1 मिनेट
समाचार

निर्माण सामग्रीमा करोडौँ ठगी, २३ डिपो सञ्चालक पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २ शनिबार ०६:५७:००

ग्राहक ठग्ने २३ जना निर्माण सामग्री व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । इँटा, गिट्टी, बालुवा, चिप्स तथा ढुंगाजस्ता निर्माण सामग्री बिक्रीमा ढुवानी गर्ने ट्रक तथा टिपर नै मोडिफाई गरी कम परिमाण दिएर तिनले ग्राहक ठग्ने गरेको अनुसन्धानबाट खुलासा भएको छ ।

महानगरीय अपराध महाशाखाले ठगीमा संलग्न २३ डिपो सञ्चालकलाई पक्राउ गरेको हो । प्रहरीले ३५ वटा ट्रकसहित चालकलाई समेत पक्राउ गरेको छ । ‘ढुवानी गर्ने मिनिट्रकहरूमा पाँच इन्चसम्मको फलाम र काठको बक्स राखी परिमाण कम गरी ठगी गरिरहेको पाइयो,’ महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने, ‘ग्राहकलाई सय क्युफिट प्रतिढुवानी भनी बिक्री गर्दा जम्मा ८२.६३ क्युफिट मात्र निर्माण सामग्री दिने गरिएको प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ ।’ यसबाट प्रतिढुवानी एक हजार ६ सय २० देखि दुई हजार दुई सयसम्म ग्राहकलाई उनीहरूले ठगी गर्दै आएको उनले बताए । निर्माण सामग्री खरिद गर्दा प्रतिमिनिट्रकका आधारमा कारोबार हुने गरेको छ ।

पक्राउ पर्नेमा जयमहालक्ष्मी सप्लायर्सका सञ्चालक प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, जेबिएस सप्लायर्सका सुकबहादुर लामा (बाघे), शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा र पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ छन् । 

त्यस्तै धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्री भूमि सप्लायर्सका श्यामबहादुर मगर, नोमनेम सप्लायर्सका पुष्कर थापा, श्री काली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आकर्ष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ, रखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका सञ्चालक रामकृष्ण श्रेष्ठ पनि पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये जेबिएस सप्लायर्सका सुकबहादुर लामा (बाघे) गुन्डा नाइके हुन् । उनीहरूमाथि ठगी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । यस्तो ठगीविरुद्ध उजुरी गर्न प्रहरीले सर्वसाधारणलाई पनि आग्रह गरेको छ । अन्य डिपोका निर्माण सामग्री बोक्ने सवारीसाधनउपर समेत प्रहरीले निगरानी थालेको छ ।