Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १५:२६:००
Read Time : < 1 मिनेट
समाचार

वार्षिक १० अर्व वैदेशिक लगानी नेपालमा भित्र्याउन लागिपर्ने एनआरएनएका नवनिर्वाचित अध्यक्षको प्रतिवद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १५:२६:००

गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने बताए । उनले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गरे । 

एनआरएनएका सदस्यहरुको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने उनको योजना छ । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि उनले संचारकर्मीमाझ एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने बताए ।

पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गने अठोट पनि गरे ।