१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १५:४७:००
Read Time : < 1 मिनेट
समाचार

कार्त्तिक १३ गते सार्वजनिक बिदा दिनु पर्ने सांसदकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १५:४७:००

प्रदेश-३ का सांसद डाक्टर अजयक्रान्ति शाक्यले भाइटीका (किजापूजा)का लागि सरकारले कार्त्तिक १३ गते बिदा दिनु पर्ने बताएका छन् । पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार सरकारले तिहारमा १० देखि १२ गतेसम्म बिदा दिने निर्णय गरे पनि १३ गते नेवार समुदायकाे दिन भएकाले बिदा दिन सरकारसँग माग गरेका हुन् । 

‘पञ्चाङ्ग समितिले घडी, पला मिलाएर चाड–पर्वको साइत निकाल्दा नेवाः समूदायको मौलिक संस्कृति र परम्परालाई मिच्नेको छ,’ शाक्य भने, ‘सरकारले पनि पञ्चाङ्गलाई आधार मानेर बिदा दिँदा नेवार समूदाय मारमा परेका छन् ।’

सांसद शाक्यले नेवार समुदायकाे परम्पराअनुसार सूर्योदय बेला जुन तिथि हुन्छ, उक्त दिन त्यही पर्व मनाउने बताए । त्यसै परम्पराअनुसार कात्तिक १२ गते सूर्योदय हुँदा प्रतिपदा तिथि पर्ने, नेपाल संवतको नयाँ वर्ष ११४० मनाउने र बेलुकी म्ह पूजा गर्नु पर्ने हुन्छ । उनका अनुसार उक्त दिन भाइटीका गर्न नसकिने र १३ गते मात्र भाइटीका हुनेछ । त्यसैले भाइटीकाका लागि बिदा आवश्यक भएकाले सरकारसँग बिदा माग गरिएकाे हाे ।