Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक १ शुक्रबार १५:२७:००
Read Time : < 1 मिनेट
समाचार

बुद्ध एयरकाे काउन्टरमा तोडफोड गरेका सांसद साह साधारण तारेखमा रिहा 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १ शुक्रबार १५:२७:००

जनकपुर विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ गरेका सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाले सधारण तारेखमा छाडेको छ । 

जिल्ला अदालत धनुषाको बेन्च नम्बर ३ का न्यायाधीश तेजनारायण पौडेलको इजलासले सांसद साहलाई शुक्रबार सधारण तारेखमा छोडन आदेश दिएको हो । बुद्ध एयरको विमान निर्धारित समय भन्दा झण्डै अढाई घण्टा ढिलो भएको तथा सो कम्पनी यात्रुहरुलाई कुनै सेवा सुविधा नदिएको भन्दै आक्रोसित बनेका साहले सोमबार काउण्टरमा खुट्टाले हिर्काउँदा काउटरको सिसा फुटेको थियो । जनकपुर विमानस्थलको जाहेरीको आधारमा जिल्ला अदालत धनुषाले सांसद साहमाथि गैर सैनिक उड्डयान सम्बन्धि ऐन २०१५ मुद्दामा मंगलबार त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

सांसद साह सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभामा निर्वाचित भएका हुन्  भने उनकी श्रीमती निरा साह प्रदेश २ का सांसद हुन् । सांसद साह पक्राउ परेपछि राजपा नेपालले विरोधका कार्यक्रम गर्दै आएका थिए । 

सधारण तारेकमा छुटेका साहले अबको दिनमा विमानस्थल सुधारका लागि अभियान चलाउने बताएका छन् ।