मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका विराटनगर 
२०७६ कार्तिक १ शुक्रबार १५:०८:००
Read Time : < 1 मिनेट
समाचार

ट्याक्टरबाट लडेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका विराटनगर 
२०७६ कार्तिक १ शुक्रबार १५:०८:००

मोरङ मिक्लाजुङ गाउँपालिका ६ भण्डारी चोकका २२ वर्षीय मिलन कार्कीको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । 

शुक्रबार बिहान  ९ बजे मधुमल्ला दमक भित्री सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ त १३२९ नम्बरको ट्याक्टरबाट लड्दा उनको मृत्यू भएको हो । ट्याक्टरबाट खसेपछि उनलाई पछाडिको चक्काले किचेर घाइते बनाएको थियो । 

उनलाई उपचारको लागि झापा दमकको लाइफलाईन अस्पताल लगिएपनि उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएको छ ।