१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक १ शुक्रबार १३:४४:००
Read Time : < 1 मिनेट
समाचार

नवलपरासीबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १ शुक्रबार १३:४४:००

नेत्र विक्रम चन्द 'विप्लव' समूहका दुई जना कार्यकर्तालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार पक्राउ पर्नेमा विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश बिक (गुराँस) र २६ वर्षीय गोविन्द बिक रहेका छन् । उनीहरुलाई मध्यविन्दु नगरपालिका–१०, मजुवाखोलाबाट प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा राखि थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक  रानाभाटले जानकारी दिए ।