मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक १ शुक्रबार १३:३८:००
Read Time : < 1 मिनेट
समाचार

हत्या आरोपमा एक जना पक्राउ

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १ शुक्रबार १३:३८:००

नवलपरासी पश्चिममा हत्याको आरोपमा एक युवा पक्राउ परेका छन् । सुस्ता गाउँपालिका–५ बेल्वानीका ३५ वर्षीय राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले उनकै आफन्त प्रतापपुर गाउँपालिका–६ का २१ वर्षीय सञ्जय डोमलाई पक्राउ गरेको हो । 

राजकुमारको शव मङ्गलबार प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरमा  फेला परेको थियो । मृतकको टाउको, आँखा र हातमा चोट लागेको थियो । घटनास्थल नजिक यूपी ४६ जेड ६१५२ भारतीय नम्बर प्लेटको मोटरसाइकल, घडी, रगत र मोबाइल फेला परेको थियो । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको थियो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार पक्राउ परेका डोमले हत्या गरेको स्वीकार गरेका छन् । सोमबार राति दुवै पक्षबीच सामान्य कुरामा वादविवाद भएपछि आफूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको डोमले स्विकार गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनलाई ज्यान मुद्दामा कारवाही प्रकृया अगाडि बढाइएको थापाले बताए ।