Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक १ शुक्रबार १२:२०:००
Read Time : < 1 मिनेट
समाचार

सासु ससुराले गराइदिए बुहारीको विवाह

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १ शुक्रबार १२:२०:००

मोरङको केराबारी ९ भलुवामा सासु ससुराले बुहारीको विवाह गराइदिएका छन् । बिहीबार कुवेरप्रसाद पोख्रेलले आफ्नो एकल बुहारी सुनिताको विवाह गरिदिएका हुन् ।

कुवेरका छोरा पुण्यप्रसादको १४ असार २०६७ मा २४ वर्षको उमेरमा मृत्यु भएको थियो । छोराको मृत्युपछि एक्लिएकी बुहारीको आगाडिको जीवन हेरेर झापाको घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विवाह गराइदिएको बताए । 

२०६५ सालमा विवाह भएको पुन्यप्रसादको दुर्घटनामा परी मृत्यु भएको थियो । १३ वर्षीया छोरी केसिकालाई पढाउँदै सुनिता विराटनगर बस्दै आएकी थिइन् । 

सकारात्मक कामले महिला हिंसा न्युनिकरणमा सहयोग पुग्ने केरावारीका वडा अध्यक्ष भुपतिन्द्रप्रताप मल्लले बताए । बुहारी पनि छोरी सरह हुन भन्ने सन्देश विवाहले दिएको उनले बताए । विवाहमा जनप्रतिनिधी तथा स्थानीय नेताहरुकोसमेत सहभागिता रहेको थियो ।