मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १ शुक्रबार ११:५७:००
Read Time : < 1 मिनेट
खेलकुद

डब्लुसिएलमा काठमाडौं र विराटनगर विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १ शुक्रबार ११:५७:००

नेपालको पहिलो महिला टी–२० फ्रेन्चाइज च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा बिहीबा।र काठमाडौं र विराटनगर विजयी भएका छन् । कीर्तिपुरको त्रिवि मैदानमा क्वाट क्विन्स काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले पराजित ग-यो । विराटनगर टाइटन्सले ललितपुर फाल्कोन्समाथि चार विकेटको जित निकाल्यो । प्रतियोगिताको दोस्रो दिन दुई खेलमा गरी १३ ब्याट्सम्यान रनआउट भएका छन् । पोखराका पाँच, ललितपुरका पाँच र विराटनगरका तीन ब्याट्सम्यान रनआउट भएका हुन् ।  

दोस्रो खेलमा पहिलो जित
काठमाडौंले प्रतियोगितामा पहिलो जित आत्मसात् गरेको छ । बुधबार उद्घाटन खेलमा काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो । प्रत्युत्तरमा  पोखरा ७० रनमै अलआउट भयो । 

पोखरा १६.५ ओभरमै अलआउट हुँदा अधिकांश खेलाडी रनआउटको सिकार भए । कप्तान सीता रानामगरले ममता थापाबाट रनआउट हुनुअघि १३ बलमा १७ रन बनाइन् । तेस्रो नम्बरमा ब्याटिङमा आएकी विन्दु रावलले २९ बलमा १३ रन बनाइन्  । 

२४ बलअघि जित
अर्को खेलमा आफ्ना अधिकांश ब्याट्सम्यान रनआउट हुँदा ललितपुरले २० ओभरमा सात विकेट गुमाएर १२२ रन मात्रै जोड्न सक्यो । ओपनर ज्योति पाण्डे र सोनु खड्काले पहिलो विकेटका लागि ८३ रनको सानदार साझेदारी गरेपछि विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर जित निकाल्यो ।