Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १ शुक्रबार ०९:०७:००
Read Time : > 1 मिनेट
सेयर बजार

त्रैमासको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १ शुक्रबार ०९:०७:००

चालू आवको पहिलो त्रैमासको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा झिनो सुधार भएको छ । यस दिन नेप्से शून्य दशमलव शून्य ६ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेमा केही सुधार भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । लगानीकर्ताहरूको मनोबल नबढेका कारण अहिले सेयरबजार बढ्न नसकेको एक लगानीकर्ताले बताए । 

नेप्से परिसूचक लामो समयदेखि सुस्त गतिमा रहेको छ । पुँजीबजार विस्तार र सुधारका केही कार्यहरू भए पनि लगानीकर्ताको मनोबल बढाउने कुनै व्यवस्था नहुँदा लगानीकर्ताको मनोबल बढ्न नसकेको उनको भनाइ छ । पछिल्लो समयमा लगानीकर्ताले धेरै रकमबराबरको सेयर खरिद गर्न छोडेको एक ब्रोकरले बताए । आजभोलि लगानीकर्ताहरू सानो–सानो कारोबार गरिरहेका छन् । बजारले गति नलिएका कारण लगानीकर्ताले ठूलो कारोबार गर्न नचाहेको उनको भनाइ छ । 

 बजार सारांश
नेप्से परिसूचक बिहीबार शून्य दशमलव ७१ अंक बढेर १ हजार १ सय ३७ दशमलव ७५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ५४ अंक बढेर २ सय ४९ दशमलव १२ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ७ अंक बढेर ८४ दशमलव २९ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १८ अंक बढेर ७९ दशमलव ९८ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६० कम्पनीको ३ हजार ५ सय ७८ पटकको कारोबारमा १८ करोड २९ लाख ९४ हजार ९ सय ५ रुपैयाँबराबरको ९ लाख ९८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 कमाउनेमा सानिमा  इक्विटी फन्ड
यस दिन सानिमा इक्विटी फन्डको इकाइमूल्य सर्वाधिक ८ प्रतिशत बढेको छ । सो म्युचुअल फन्डको सेयरमूल्य यस दिन १ रुपैयाँ बढेर ९ दशमलव ३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, नबिल इक्विटी फन्डको इकाइमूल्य यस दिन ७ दशमलव ९५ प्रतिशत बढेको छ भने घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ७ दशमलव ५२ प्रतिशत बढेको छ । 

 प्रभु बैंकको सर्वाधिक कारोबार 
यस दिन कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ सय ६२ पटकको कारोबारमा १ करोड ९९ लाख ९८ हजार ८ सय ४९ रुपैयाँबराबरको ७५ हजार ८८ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन मेगा बैंक नेपालको संस्थापक सेयर अगाडि रहेको छ ।

७ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ४ समूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव शून्य ३ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ८८ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४३ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ४० प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव २६ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १५ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ । कारोबारमा आएको विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव ६५ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४० प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ११ प्रतिशत र होटेल समूहको शून्य दशमलव १ प्रतिशत घटेको छ ।