मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका टोकियो
२०७६ कार्तिक १ शुक्रबार ०८:५०:००
Read Time : < 1 मिनेट
विश्व

जापानी सम्राट्को राज्याभिषेक स्थगित गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका टोकियो
२०७६ कार्तिक १ शुक्रबार ०८:५०:००

जापान सरकारले सम्राट् नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्न लागेको जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।  हागिबिस नामक आँधीका कारण निर्धारित मितिमा शुभराज्याभिषेक हुन कठिन भएको सरकारी अधिकारीको भनाइ उद्धृत गर्दै सो टेलिभिजनले जनाएको छ । 

आँधीका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने अन्य केही अझै बेपत्ता छन् । सरकारले खोज तथा उद्धार कार्य जारी राखेको छ । जापान सरकारले यही अक्टोबर २२ मा शुभराज्याभिषेकको मिति तय गरेको थियो । राज्याभिषेकका अवसरमा विदेशी विशिष्ट पाहुनालाई आमन्त्रण गरिएको छ ।

एनएचकेका अनुसार अहिले सरकारको मुख्य प्राथमिकता नै राहत र उद्धारमा केन्द्रित रहेकाले अक्टोबर २२ को कार्यक्रम स्थगित गर्न सरकारले तयारी गरिरहेको छ । जापानी सम्राट् अकिहितोले राजगद्दी परित्याग गरेपछि छोरा नारुहितोलाई गत वर्ष जापानी सम्राट् घोषणा गरिएको थियो ।