१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०८:२१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् सन्तुलित जीवनका चार सूत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०८:२१:००
 अलेज्यान्द्रा पानायोटोउ
मोटिभेसनल स्पिकर

हामी जता हेर्छौं, असन्तुलन देख्छौँ । राजनीति, अर्थतन्त्र, समाज, मूल्य–मान्यता, नैतिकता, वातावरण यस्ता धेरै कुराहरू डामाडोल देख्छौँ । तर, समस्या कहाँ छ भने हाम्रो आफ्नै घरको असन्तुलित पक्षमा ध्यान जाँदैन । आफ्नो जीवन असन्तुलित भइरहेको विचार गर्दैैनौँ । 

सबैभन्दा ठूलो परिवर्तन हामी आफैँबाट सुरु हुन्छ । दीर्घकालीन रूपमा आफ्नो काममा सुधार ल्याएर स्वस्थ र सुखी जीवनयापन गर्न हामीले चार कुरामा ध्यान दिन जरुरी छ– खानपिन, व्यायाम, आराम र मनोरञ्जन । यी चारवटा विषयमा सन्तुलन मिलाउन सकियो भने मात्रै हाम्रो जीवन समृद्ध हुन्छ, परिवारमा खुसी छाउँछ ।

खानपिन 
हामीमध्ये अधिकांशको ध्यान व्यक्तिगत विकासमा केन्द्रित छ । यसका लागि समय, शक्ति र पैसा खर्चन पनि हामी तयार छौँ । तर, के त्यो सही ठाउँमा खर्च भइरहेको छ । हामीले रोज्ने खाना र पानीले शरीर र मस्तिष्कमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यसको असर व्यावसायिक काममा पनि पर्छ । हाम्रो गणितको क्षमता, धैर्य, हाम्रो अन्तरव्यक्ति सञ्चार र इनर्जी लेभललाई पोषण तत्वले सकारात्मक र नकारात्मक रूपमा प्रभावित गरिरहेको हुन्छ । 

व्यायाम 
हामी व्यायाम गर्छौं वा गर्दैनौँ भन्ने कुराले हाम्रो काममा पनि प्रत्यक्ष असर गर्छ नै । अवश्य नै व्यायामले स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउँछ । 
आराम 
व्यस्त दैनिकीबाट समय निकालेर हामीले आराम गर्नु जरुरी छ । पोषणुयुक्त स्वस्थ आहार र नियमित व्यायामसँगै हाम्रो मतिस्क र शरीरलाई सन्तुलित राख्न यो अपरिहार्य छ । 
मनोरञ्जन 
शारिरीक र मानसिक रूपमा सुदृढ हुन हामीलाई मनोरञ्जन पनि चाहिन्छ । खेलकुद, अध्ययन, घुमफिर, साथीभाइसँगको भेटघाटलगायतले हामीलाई फ्रेस बनाउँछ । यी चारमध्ये कुनै एक असन्तुलित भयो भने जीवनमा गडबडी सुरु हुन्छ । (एजेन्सीबाट)