मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
सुदीप शिवाकोटी
२०७५ पौष १ आइतबार १२:२९:००
Read Time : > 1 मिनेट
समाचार

१० जिल्लामा ४६ प्रहरी चौकी भवन बनाउने तयारी

प्रदेश सरकारले छुट्यायो १ अर्ब १३ करोड

Read Time : > 1 मिनेट
सुदीप शिवाकोटी
२०७५ पौष १ आइतबार १२:२९:००

प्रदेश ३ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १० जिल्लामा ४६ प्रहरी चौकी भवन निर्माण गर्ने योजना अघि सारेको छ । प्रहरी एकाइ भवन निर्माणका लागि गरिएको छलफलमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले १ अर्ब १३ करोड लगानीमा भवन निर्माण गर्न लागिएको जानकारी दिए । उनले प्रहरीको आफ्नै भवन नभएको, भूकम्पपछि त्रिपालबाटै सेवा दिइरहेको अवस्थामा १० जिल्लाका प्रहरी कार्यालयका भवन निर्माण योजना अघि सारेको बताए ।

मन्त्री जमरकट्टेलका अनुसार प्रदेश ३ प्रहरी कार्यालयअन्तर्गत मकवानपुरमा ७, काभ्रे र सिन्धुलीमा ६/६, चितवन र रामेछापमा ५/५, दोलखा र रसुवामा ४/४ धादिङ, नुवाकोट  र सिन्धुपाल्चोकमा ३/३ वटा प्रहरी चौकी निर्माण गरिनेछ । संघीय सरकारअन्तर्गत रहेका प्रहरीका लागि प्रदेशले किन बजेट खर्च गर्ने भन्ने सबाल धेरै पक्षबाट आइरहेको अवस्थामा मिलेर बजेट अभावको समस्या हल गर्ने गरी खर्च गर्न अख्तियारीसमेत दिइएको उनले बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव केबल भण्डारी, मुख्यमन्त्री कार्यालयका सचिव रमेश शिवाकोटी, प्रदेश ३ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दीपकबहादुर थापालगायतले प्रहरी चौकी भवनको निर्माण गुणस्तरीय  गर्न निर्देशन दिए । 

भवन गुणस्तरीय हुन्छन् : मुख्मन्त्री पौडेल
छलफलमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी संगठनमा स्रोत–साधन र भवन भएमा मात्र प्रहरीले सहज ढंगले काम गर्न सक्ने बताए । अहिले बन्न लागेका प्रहरी चौकीका भवनहरू गुणस्तरीय हुने पौडेलले दाबी गरे । उनले समयमैै भवन निर्माण गर्न सम्बन्धित जिल्लाका प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । एकै वर्षमा धेरैवटा प्रहरी कार्यालयका भवनहरू निर्माण गर्न लागेकाले यो रकमको सदुपयोग गर्न मुख्यमन्त्रीले आग्रहसमेत गरे । प्रहरीका लागि स्थानीय तहले पनि बजेट खर्च गर्नुपर्ने उनले बताए ।