मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रबिता श्रेष्ठ काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०८:०५:००
Read Time : > 1 मिनेट
सप्तरंग

भर्सटाइल अनुप्रस्थ

सांगीतिक ब्यान्ड

Read Time : > 1 मिनेट
प्रबिता श्रेष्ठ काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०८:०५:००

सन् २००८ मा ‘स्प्राइट ब्यान्ड च्यालेन्ज सिजन वान’को विजेता घोषणा हुनुअघिसम्म अनुप्रस्थ ब्यान्डको नाम कमै सुनिएको थियो । पहिलो गीत ‘दिन त्यो पनि थियो’ले लोकप्रियता कमाएपछि ब्यान्डलाई मूलधारमा स्थापित हुन समय लागेन । ‘अनु’ अर्थात् ‘संगीत’ र ‘प्रस्थ’ अर्थात् ‘पहिलो’ ।

सन् २००४ मा ब्यान्डको नाम जुराउँदा यसरी नै अथ्र्याएका थिए, यसका सदस्यहरूले । ‘तर, स्टेजमा पर्फर्म गर्ने क्रममा सुरुमा फैलिने तरंगलाई पनि अनुप्रस्थ भनिँदोरहेछ भन्ने पछि मात्र थाहा पायौँ,’ भोकलिस्ट निरन शाही भन्छन् । भोकल र गितारमा शाही, बेसमा जिमी जोशी, गितारमा गोविन सुनुवार, ड्रममा विवेक तामाङ तथा मादल र तालवाद्यमा सुन्दर महर्जन । कलेज जीवनमा रहेका यिनै पाँच युवाले अनुप्रस्थ सुरु गरेका थिए । रक र लोक रक यो ब्यान्डले अनुसरण गरेको जानरा हुन् ।

पाँचैजना स्कुले जीवनका पनि सहपाठी थिए । विवाह र सांगीतिक कार्यक्रमहरूमा एकसाथ गाउँथे/बजाउँथे । कलेज पुगेपछि ब्यान्डमै उनीहरूको सहकार्य सुरु भएको हो । ‘स्प्राइट ब्यान्ड च्यालेन्ज सिजन वान’मा भाग लिनुअघि उनीहरू कलेजस्तरीय प्रतियोगिताहरूमा सीमित थिए । कुनै प्रतियोगिता जित्थे पनि । ठमेल जान्थे र गाउँदै, बजाउँदै रमाइलो गर्थे । ‘पैसाभन्दा पनि रमाइलो र खुसीका लागि गाउँथ्यौँ÷बजाउँथ्यौँ,’ शाही भन्छन्, ‘त्यसो गर्दागर्दै प्रोफेसनल भइयो ।’

‘अनु’ अर्थात् ‘संगीत’ र ‘प्रस्थ’ अर्थात् ‘पहिलो’ । सन् २००४ मा ब्यान्डको नाम जुराउँदा यसरी नै अथ्र्याएका थिए, यसका सदस्यहरूले । स्टेजमा पर्फर्म गर्ने क्रममा सुरुमा फैलिने तरंगलाई पनि अनुप्रस्थ भनिन्छ, यो कुरा उनीहरूले धेरै पछि मात्र थाहा पाए ।
 

सन् २००९ मा पहिलो म्युजिक भिडियो ‘दिन’ सार्वजनिक गरे, उनीहरूले । त्यसपछि सन् २०१० मा ब्यान्डको डेब्यु एल्बम ‘अनुप्रस्थ’ सार्वजनिक गरे । सन् २०१६ मा ‘उज्यालो’ गीत सार्वजनिक भयो, ब्यान्डको । सन् २०१७ मा उनीहरूले दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं’ बजारमा ल्याए । 

दोस्रो एल्बमपछि ड्रमर विवेक तामाङ र बेसका जिमी जोशी विदेश पुगेर परिवारसहित सेटल भए । नयाँ सदस्यहरूसहित ब्यान्ड भने अगाडि बढिरहेकै छ । तेस्रो एल्बम ‘ईच्छा’को अन्तिम तयारी चलिरहेको छ, अहिले । आगामी डिसेम्बरमा ‘यार्ज इन्टरटेनमेन्ट जापान’मा सांगीतिक टुर गर्दै छन् ।

जापान टुरमा ब्यान्डको पुराना ड्रमर विवेक तामाङ पनि सहभागी हुँदै छन् । शाही अनुप्रस्थलाई भर्सटाइल रक ब्यान्ड भन्न रुचाउँछन् । जस्तो– एल्बम ‘ईच्छा’मा ६ वटा गीत छन्, ती सबै फरक–फरक धारका छन् । हालै दसैँ गीत सार्वजनिक गरेर सांस्कृतिक उपस्थिति पनि देखाएको थियो, यस ब्यान्डले ।