मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज ३० बिहीबार २१:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

तिनकुने पार्कबाट विरूवा र दुबो चाेरी भएपछि सुरक्षा व्यवस्था कडा (तस्विरहरू)

Read Time : < 1 मिनेट
२०७६ असोज ३० बिहीबार २१:२४:००

चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणको क्रममा तिनकुनेमा बनाइएको पार्कबाट विरूवा र दुबो चाेरी हुन थालेपछि सुरक्षा व्यवस्था गरिएकाे छ । काठमाडाैं महानगरपालिकाकाे पहलमा पार्ककाे सुरक्षाका लागि शसस्त्र प्रहरी र महानगर प्रहरी खटिएका हुन् ।

चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणका लागि रातारात चिटिक्क पारिएको तीनकुने पार्कमा माटोको डिल उठाएर विरूवा र दुबाे राेपिएकाे थियाे । राष्ट्रपति सिको नेपाल भ्रमणका लागि काठमाडौंलाई सुन्दर बनाउने क्रममा सबैभन्दा बढी यही पार्ककाे चर्चा भएकाे थियाे । पार्कमा उपत्यकाका तीन वटा नर्सरीबाट आवश्यक रुख, बिरुवा र दुबाे ल्याएर रोपिएको थियो ।