मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मण खनाल  युएई
२०७६ असोज ३० बिहीबार १२:११:००
Read Time : < 1 मिनेट
प्रवास

मन्त्री विष्ट र समकक्षी हम्लीबीच यूएइमा भेटवार्ता

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल  युएई
२०७६ असोज ३० बिहीबार १२:११:००

श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यूएईका समकक्षी मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीसँग भेटवार्ता गरेका छन् ।

बुधबारदेखि दुबईमा सुरु हुने मन्त्रीस्तरीय पाँचौ आबुधाबी डायलगमा सहभागी हुन मंगलबार यूएई पुगेका मन्त्री विष्टले बुधबार नै समकक्षी हम्लीसँग भेटवार्ता गरेका हुन । भेटका क्रममा मन्त्री विष्टले नेपाली श्रमिकका समस्याहरु हम्लीलाई जानकारी गराएको नेपाली राजदुतावास अबुधावीले जनाएको छ । भेटका क्रममा नेपाली श्रमिकको हित प्रबद्र्धन गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा युएई र नेपालबीच भएको श्रम सम्झौता कार्यन्यवनको लागि नोभेम्बर पहिलो हप्तामा दुई देशका प्रतिनिधिहरुको बैठक नेपालमा बस्ने विषयमा सहमती भएको छ । 

भेटघाटमा दुई देशका मन्त्रीसहित, श्रम मन्त्रालयका सचिव बिनोद केसी र युएईका लागि राजदूत कृष्णप्रसाद ढकालको सहभागिता रहेको थियो । 

अवैधानिक बाटो अपनाएर विदेशमा श्रम नगर्न नेपाली श्रमिकलाई आग्रह 
मंगलबार बेलुका नेपाली दुतावासमा आयोजित कार्यक्रममा मन्त्री विष्टले यूएईमा कार्यरत नेपालीहरुलाई सम्बोधन गर्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको हक हित र सुरक्षाको लागि सरकारले काम गरिरहेको बताए ।

उनले बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्न सरकारले गृहकार्य गरिरहेको पनि बताए  । विदेशमा रहेका बैधानिक नेपाली श्रमिकका समस्याको जिम्मेवारी सरकारले लिन सक्ने बताउँदै उनले अवैधानिक बाटो भई आएर अवैैधानिक रुपमा विदेशमा नबस्न नेपालीहरुलाई आग्रह गरेका थिए ।