१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज ३० बिहीबार ११:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

डोल्पाका दुई स्थानीय तह सञ्चारविहिन

Read Time : < 1 मिनेट
२०७६ असोज ३० बिहीबार ११:३७:००

हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तह सञ्चारविहिन भएका छन् । मुड्केचुला गाउँपालिका र काइके गाउँपालिका सञ्चारविहिन भएका हुन् ।

नेपाल दुरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएर चिनियाँ स्याटालाइट बन्द भएपछि दुई स्थानीय तह सञ्चारविहिन भएका हुन् ।

सञ्चार सेवा पुन सञ्चालनमा ल्याउन दुर सञ्चार प्राधिकरण केन्द्रिय कार्यालयले पहल नगरेसम्म नहुने दुरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराइले जानकारी दिए । 

मोवाइल सेवा बन्द भएपछि दुई स्थानीय तहका पन्ध्रहजार नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् ।