१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज ३० बिहीबार ०८:१३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

शान्ति र स्वास्थ्यका लागि योग

Read Time : > 1 मिनेट
२०७६ असोज ३० बिहीबार ०८:१३:००

के हो योग ?

 नवराज आचार्य
इन्सट्रक्टर
शक्तिपुञ्ज हिलिङ, सिफल

शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोड्ने माध्यमका रूपमा लिइने गरिन्थ्यो । तर, समयक्रमसँगै योगको परिभाषा परिवर्तन हुँदै आएको छ ।

योग एक किसिमको अनुभूति र रूपान्तरण हो । जुन हरेक उमेर समूह, रोगी र निरोगी सबैका लागि आवश्यक छ । जसको माध्यमबाट रोगी व्यक्ति स्वस्थ  र निरोगी हुन्छ भने, अन्य व्यक्तिमा पनि स्वस्थ जीवन पद्धतिका लागि योगले सघाउ पु-याउँछ । योगका विभिन्न प्रकार छन् ।  जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।

किन गर्ने ?

  •  योगले सकारात्मक सोचको विकास गराउँछ । जसले गर्दा मनमा नकारात्मकता नआउने भएकाले व्यक्तिको जीवन पद्धतिमा नै परिवर्तन आउँछ । 
  •  शरीरमा अक्सिजनको मात्रा पूर्ति गर्न सघाउँछ । जसका लागि बिहानको समय उपयुक्त मानिन्छ । बिहान ४ देखि ५ बजेको बीचमा पृथ्वीमा अक्सिजनको मात्रा तुलनात्मक रूपमा बढी हुने गर्छ ।
  •  योग एक किसिमको व्यायाम पनि हो । योग गर्दा शरीरका सबै जोर्नी चलायमान हुने गर्छन् । शरीरमा रक्तसञ्चार बढ्छ, शरीरका सबै अंगमा अक्सिजन पुग्ने हुँदा रोग प्रतिरोधी क्षमता समेत बढाउँछ ।
  •  स्वस्थ रहन, आत्मविश्वास बढाउन, धन कमाउन, सफल बन्न, प्रतिभा प्रष्फुटन गर्न योग उपयुक्त माध्यम हो । 
  •  तनाव व्यवस्थापनका लागि समेत योग एकदमै उपयोगी मानिन्छ । सामान्यतया योग ध्यानसँग केन्द्रित हुने हुँदा एकाग्र हुन सकिन्छ । जसबाट तनाव सजिलै व्यवस्थापन हुन्छ । 
  •  उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि योग आवश्यक हुन्छ । सबै किसिमका योग सबैलाई उपयुक्त मानिँदैन । शारीरिक अवस्थालाई ध्यानमा राखेर विभिन्न रोगबाट मुक्ति पाउनसमेत योग सहयोगी हुने गर्छ ।
  • सामान्यतया हरेक बिहान कम्तीमा आधा घन्टा योग गर्न सकिन्छ । दैनिक एक देखि डेढ घन्टासम्म योग गर्न सकेमा निरोगी भइन्छ ।
  •  बलदलिँदो जीवनशैली, अस्वस्थ खानपान र व्यायामको कमीका कारण अधिकांश मानिसमा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या देखिन्छ । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई जोड्ने भएकाले यो स्वस्थ जीवनका लागि एकदमै महत्वपूर्ण छ ।