मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ३० बिहीबार ०७:३२:००
Read Time : < 1 मिनेट
समाचार

कात्तिक पहिलो साता अन्तर्राष्ट्रिय युवा सम्मेलन

Read Time : < 1 मिनेट
२०७६ असोज ३० बिहीबार ०७:३२:००

आगामी कात्तिकमा विज्ञान प्रविधि र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । काठमाडाैंमा ४ देखि ६ कात्तिकसम्म हुने सम्मेलनमा स्वदेश र विदेशका युवा वैज्ञानिक सहभागी हुनेछन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

विज्ञान प्रविधि क्षेत्रमा सक्रिय देशभित्र र बाहिरका नेपाली तथा गैरनेपालीलाई भेला गराई उनीहरूको विशिष्टीकृत ज्ञान, सीपमार्फत देशका युवा जनशक्तिलाई अभिपे्ररित गर्दै नीति निर्माण तथा त्यसको कार्यान्वयनका लागि मार्गनिर्देश गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आयोजक संस्थाहरूले जनाएका छन् ।

 ६५ कार्यपत्र प्रस्तुत हुने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन र राष्ट्रिय युवा परिषद्ले बुधबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएका छन् ।आयोजकका अनुसार सम्मेलनमा ६५ कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा गैरआवासीय नेपालीको तर्फबाट २५, भारतबाट चार, बेलायत, जापान, दक्षिण अफ्रिका र थाइल्यान्डबाट एक–एकजना सहभागी हुनेछन् । सम्मेलनमा स्वास्थ्य एवं औषधि, जल एवं ऊर्जा, खाद्य एवं कृषि, यातायात एवं पर्यटन, सूचना एवं सञ्चार विषयमा प्रस्तुति हुनेछ । 

वातावरण, विपत् जोखिम न्यूनीकरण, मौलिक ज्ञान एवं प्रविधि, आधारभूत एवं व्यावहारिक विज्ञान, उदीयमान प्रविधि, स्वस्च्छ एवं हरित विज्ञान, अर्थशास्त्र तथा व्यवस्थान, निति तथा दर्शनशास्त्रसम्बन्धी प्रस्तुति पनि समेटिनेछन् ।