मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज ३० बिहीबार ०६:४१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

एनआरएनए सम्मेलनमा हुलदंगा, निर्वाचन स्थगित

Read Time : < 1 मिनेट
२०७६ असोज ३० बिहीबार ०६:४१:००

एनआरएनए सम्मेलनमा हुलदंगा हुँदा निर्वाचन स्थगित गरिएको छ । एनआरएनएको नवौँ अधिवेशन चलिरहेको पाँचतारे होटेल हायातमा बुधबार निर्वाचनको तालिका थियो । साँझ ५ बजेदेखि मतदान हुने भनिए पनि ८ बजेसम्म सुरु नभएपछि सहभागीहरू हुलदंगामा उत्रिए ।

प्रहरीले हस्तक्षेप गरेर हुलदंगा नियन्त्रण गरेको थियो । त्यसको केही समयपछि मतदान सुरु भयो । तर, विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै फेरि रोकियो । बिहीबार बिहान १० बजेबाट मतपत्रमै मतदान गर्ने गरी प्रक्रिया स्थगित भएको एनआएनएका अध्यक्षका उम्मेदवार कुमार पन्तले बताए ।