१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज २९ बुधबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
२०७६ असोज २९ बुधबार १०:५४:००

खार्पुनाथ गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । जसले गर्दा एक हजारभन्दा बढी परिवार सञ्चारसेवाबाट वञ्चित भएका छन् । खार्पुनाथ गाउँपालिका–३ स्थित रायाको ठानाकोटमा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो । जसले गर्दा यहाँका ६ गाउँका एक हजारभन्दा बढी परिवार प्रभावित भएको स्थानीय लालगिरी रावलले बताए । टेलिकमका प्राविधिक आएर बनाउँदा केही दिन चले पनि फेरि बिग्रिने गेको उनले बताए । 

गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीय शिव रावलले गुनासो गरे । ‘एक महिना भयो, आफन्तजनसँग कुराकानी गर्न सकिएको छैन । कतिपय काम गर्न हिँडेर अर्को गाउँ जानुपर्छ,’ रावलले भने । यससम्बन्धी नेपाल टेलिकमलाई जानकारी गराएको भए पनि मर्मतसम्भार नगरेको उनको भनाइ छ ।