मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कविर खड्का अभिनेता
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २९ बुधबार ०७:५९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मेडिटेसन र जिम गर्छु

मेरो फिटनेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २९ बुधबार ०७:५९:००

बिहानै उठ्नासाथ ग्रिन टी पिउँछु अनि स्याउलगायत फलफूल खान्छु । बिहान प्रायः शारीरिक अभ्यास गर्दिनँ । हल्का मेडिटेसन मात्र गर्छु । कहिलेकाहीँ फुटसल पनि खेल्छु । बिहानको खाना ११ बजे खाइन्छ । प्रशस्त तेल भएको खानामा रुचि लाग्दैन । मोटोपन बढ्ने भएकाले राति प्रायः खाना खान्नँ, सलादहरू खान्छु ।

साँझ ७ बजेदेखि एक घन्टा जिममा बिताउँछु । डान्स क्लास पनि गइरहेको हुन्छु । धेरै हिँड्ने बानी छ । हिँडाइले आफूलाई फिट राख्न सहज भएजस्तो लाग्छ ।
 

साँझ ७ बजेदेखि जिम गर्छु । एक घन्टा जिममा बिताउँछु । डान्स क्लास पनि गइरहेको हुन्छु । धेरै हिँड्ने बानी छ, मेरो । हिँडाइले आफूलाई फिट राख्न सहज भएजस्तो लाग्छ ।
सुटिङको समयमा धेरै तनाव हुन्छ । त्यसवेला मेडिटेसन गर्छु । सिनेमाको भूमिकाअनुसार आफूलाई परिवर्तन पनि गरिरहेको हुन्छु ।

मैले गरिरहेको फिल्म ‘गुञ्जन’मा अलिकति पातलो देखिएको छु । एक÷दुईवटा सिनमा बडी पनि देखाएको छु । मलाई आफ्नो शरीर देखाएर गर्नुपर्ने एक्सन फिल्ममा रुचि छ । अफर आयो भने कुनै दिन त्यस्ता फिल्म खेल्न सक्छु ।