मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मित्रसेन दाहाल अध्यक्ष जेपी प्रतिष्ठान
२०७६ असोज २९ बुधबार ०७:३५:००
Read Time : > 1 मिनेट
नयाँCity

‘मैत्री सेवा आश्रम’को अर्गानिक जीवन

प्रेरणादायी व्यक्ति

Read Time : > 1 मिनेट
२०७६ असोज २९ बुधबार ०७:३५:००

मिर्गौला प्रत्यारोपणपछिको जीवनलाई समाजसेवामा लगाएको छु । मलाई सहयोगी काम गरिरहन मन लाग्छ । सोही उद्देश्यले आफ्नै अध्यक्षतामा जेपी प्रतिष्ठान स्थापना गरेको हुँ । काठमाडौंको शंखरापुर नगरपालिका–४ लप्सीफेदीमा सरकारको सार्वजनिक–निजी साझेदारी कार्यक्रम तथा नेपाली सेना कल्याणकारी कोषको सहयोगमा सुविधासम्पन्न ‘मैत्री सेवा आश्रम’ स्थापना गरेको छु । केही भवन निर्माणाधीन छन् ।

प्रतिष्ठानले ज्येष्ठ नागरिकको सेवानिवृत्त स्वतन्त्र, सुखी र शान्तिपूर्ण जीवनयापनका लागि अनुकूल वातावरण सिर्जना गर्दै छ । आश्रममा प्रदूषणमुक्त आवास, प्राकृतिक र अर्गानिक आहार–विहार तथा बुढ्यौलीको चिकित्सा उपचार उपलब्ध हुनेछ । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव सदुपयोग गर्ने परिकल्पना प्रतिष्ठानको हो ।

प्रतिष्ठानसँग एक सय ५१ रोपनी जग्गा छ, जसमध्ये ८० रोपनी संस्थाकै नाममा छ । जग्गा थपिने क्रम बढ्दो छ । प्रतिष्ठान परिसरमा ३१ वटा कुटी, ध्यान केन्द्र र अस्पताल भवन छन् । यो वृद्धाश्रम नभई ‘मैत्री आश्रम’ हो । कुनै जात, लिंग र वर्गको विभेद हुँदैन । आश्रम परिसरमै गाई पालेका छौँ । तरकारीलगायत बाली लगाएका छौँ ।

आश्रममा प्रदूषणमुक्त आवास, प्राकृतिक र अर्गानिक आहार–विहार तथा बुढ्यौलीको चिकित्सा उपचार उपलब्ध हुनेछ । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव सदुपयोग गर्ने परिकल्पना प्रतिष्ठानको हो ।

सम्पत्ति नहुनेहरूले निःशुल्क बस्न पाउँछन् । आर्थिक अवस्था मजबुत रहेकाहरू मासिक चार, ११ र २२ हजार रुपैयाँ तिरेर बस्न सक्छन् । स्थायी रूपमा बस्नेहरू पनि धेरै हुनुहुन्छ । एक साता बसेर ध्यान र योग गर्नेको संख्या दैनिक ५० जनाभन्दा बढी छ । स्थायी रूपमा बस्न ६० वर्ष पुगेको हुनुपर्छ । पाहुनाका रूपमा पनि केही दिन बस्न मिल्छ ।

कसैसँग थोरै रकम छ, तर जग्गा छैन भने भवन बनाउने जग्गा पनि प्रतिष्ठानले उपलब्ध गराउँछ । त्यसका लागि सहयोग पनि गर्ने गरेका छौँ । त्यसैले ‘मैत्री सेवाश्रम’को सोच दीर्घकालीन प्रयोजनको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा तीनवटा ठूला भवनसहित नौवटा कुटी, सेनाको कल्याणकारी कोषको सहयोगमा १० वटा कुटी र प्रतिष्ठानका तर्फबाट एउटा ठूलो भवनसहित ११ वटा कुटी गरी ३३ वटा भवन र कुटी निर्माण हुनेछन् । महायज्ञको आयोजनाबाट पनि रकम संकलन गर्दै आएका छौँ ।