१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज २७ सोमबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार

हतियारसहित लागुऔषध कारोबारी पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ असोज २७ सोमबार १६:०९:००

धरानबाट ठूलो परिणममा लागुऔषधसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिका ३ का निरजकुमार राउतलाई पक्राउ गरेको छ । प्रहरीले राउतलाई आइतबार साँझ पक्राउ गरी सोमबार सर्वजनिक गरेको हो । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेका अनुसार राउत एक साता अघिदेखि प्रहरीको निगरानीमा रहेका थिए । उनले लागुऔषध कारोबार गर्दै आएका छन् भन्ने सुचनाको आधारमा उनलाई एक साता अघिदेखि निगरानी गरिएको उनले बताए । 

डिएसपी न्यौपाने नेतृत्वको टोलीले आइतबार राउतको कोठा खानतलासी गर्दा एक थान पेस्तोल, म्याग्जिन १ थान, १३ थान गोली बरामद गरेको छ । साथै, लागुऔषध डाइलेक्स डिसी २२५ बोतल, नाइट्रोसन ६ सय ४० ट्यावलेट, सात ग्राम खैरो हिरोइन, स्पास्मो प्रोक्सिभन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल बरामद गरेको छ । प्रहरीले उनको कोठबाट विआर ५० के ४०५९ नम्बरको मोटरसाइकलको नम्बर प्लेट र एघार हजार तीन सय ३० रुपैयाँ नगदसमेत बरामद गरेको छ । 

राउत २२ माघ २०७२ मा लागुऔषधसहित पक्राउ परी जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका थिए । त्यस्तै पछिल्लो समय ७ असोज २०७४ मा लागुऔषधसहित पक्राउ परी १८ महिना कैद सजाय काटी छुटेका थिए । 

राउतलाई हातहतियार र लागु औषध सम्बन्धि मुद्दा दर्ता गरिने डिएसपी न्यौपानेले जानकारी दिए ।