१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
लक्ष्मी काफ्ले 
२०७५ पौष २५ बुधबार २०:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

झापाको कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले 
२०७५ पौष २५ बुधबार २०:३७:००

झापाको कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने भएको छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै गाउँपालिकाभर  सार्वजनिक विदा नै दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय प्राप्त गरेको थियो ।

गाउँपालिकाको निर्णयबाट आफूलाई अत्यन्तै खुशी लागेको राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर,३ का सांसद् राजेन्द्र लिङ्देनले बताए । ‘नेपाली नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने भन्ने सुन्दा अत्यन्तै हर्षित छु,’ लिङ्देनले भने ।