मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २६ आइतबार १६:३४:००
Read Time : < 1 मिनेट
नयाँCity

व्यस्त फिल्म प्रोडक्सन डिजाइनर

Read Time : < 1 मिनेट
२०७६ असोज २६ आइतबार १६:३४:००

एसएलसी दिएर ०६१ सालमा डडेलधुराबाट काठमाडौं आएका यमप्रसाद ओली कामको खोजीमा ‘क्लासिक सिने युनिभर्स प्रालि’ पुगे । त्यहाँ सिनेमा निर्माण, लाइट र क्यामेरा भाडामा दिने, डबिङ, रेकर्डिङ, कलरिङ, मिक्सिङलगायत काम हुन्थे । केही महिना त्यहाँ मार्केटिङ म्यानेजर बन्नु नै उनको जीवनको नयाँ मोड थियो, जसले प्रोडक्सन डिजाइनरको करिअरमा डो¥यायो ।

उक्त कम्पनीमा ६ वर्ष काम गरेपछि ०६८ सालमा ‘माउन्ट एभरेस्ट इन्टरटेनमेन्ट प्रालि’ खडा गरे । सिनियर प्रोडक्सन डिजाइनर प्रकाश महराको कामबाट प्रेरित उनले म्युजिक भिडियो, टेलिचलचित्र र विज्ञापनको काम पनि गर्न थाले । ‘चञ्चले नानी चुलबुले बानी’, ‘स्वार्थ तिम्रो’, ‘झिमझिम परेलीमा’, ‘नाइँ मलाई थाहा छैन’लगायत म्युजिक भिडियो मात्र होइन, वृत्तचित्र, टेलिचलचित्र र चलचित्रहरूमा प्रोडक्सन डिजाइन गरिसकेका छन् । ‘होस्टेल’, ‘होस्टेल रिटन्र्स’, ‘जोनी जेन्टलम्यान’, ‘पुरानो बुलेट’, ‘सानो मन’लगायत फिल्ममा प्रोडक्सन डिजाइनको काम गरेका छन् ।

फिल्म निर्माणमा निर्माता, निर्देशक र प्रोडक्सन डिजाइनको काम महŒवपूर्ण हुन्छ । फिल्म बनेदेखि सेन्सर सकेर निर्माताको हातमा फिल्म नदिउन्जेलसम्म ओलीको भूमिका रहन्छ । फिल्मका लागि आवश्यक उपकरण भाडामा उपलब्ध गराउँछन् । एउटै फिल्मबाट १५ लाख रुपैयाँसम्म भाडाबापत उठाउँछन् ।

स्वर्गीय गेहेन्द्र धिमालको ‘फिल्मस् एड फिल्मस्’ नामक कम्पनीबाट विदेशी परियोजनाहरूमा पनि जोडिएका छन्, उनी । आफैँले सर्ट फिल्महरू बनाएर युट्युब च्यानलमा राख्ने गर्छन् । १२ वैशाख ०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनर्निर्माणको सुरुदेखि अन्त्यसम्मको वृत्तचित्र निर्माणको जिम्मा पनि लिएका छन् ।