१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज २६ आइतबार ११:४५:००
Read Time : < 1 मिनेट
समाचार

पूर्वमन्त्री मोहम्मद अफताव आलम पक्राउ

Read Time : < 1 मिनेट
२०७६ असोज २६ आइतबार ११:४५:००

रौतहट क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम पक्राउ परेका छन् । २०६४ सालमा भएको संविधान सभा निर्वाचनको समयमा बम बनाउन लगाउने क्रममा सर्बसाधारणको ज्यान गएको घटनाका बिषयमा प्रहरीले आलमलाई पक्राउ  गरेको हो ।

चन्द्रनिगाहपुरकाे गौर सडक खण्डको शेख ईद्रिस गेटबाट आलम पक्राउ परेका हुन्  । जिल्ला प्रहरी कार्यालय रौतहट र काठमाडौंबाट आएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । २०६४ मा भएको बम काण्डको बिषयमा उनलाई पक्राउ  गरिएको प्रहरी स्रोतले बताएको छ ।