Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २४ शुक्रबार १५:२४:००
Read Time : < 1 मिनेट
समाचार

संविधानमा भएको त्रुटी सच्याएर अघि बढ्न पुर्व राष्ट्रपतिको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २४ शुक्रबार १५:२४:००

पुर्व राष्ट्रपति रामवरण यादवले संविधान संसोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

राजधानी काठमाडौंमा सुरु प्रथम अन्तराष्ट्रिय तमू सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पुर्व राष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीतिक दलहरुले संविधानमा भएको त्रुटी सच्याएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउँदै सबैले अपनत्व महसुस गर्ने गरि संविधानमा भएका त्रुटीहरुलाई सच्याउनुपर्नेमा उनले जोड दिए । संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले त्यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्याउनुपर्ने बताए । 

समाजसेवी भद्र कुमारी घलेले समग्र आदिवासी जनजातिबारेमा नयाँ खोज अनुसन्धान आवश्यक रहेको भन्दै आफ्ना पुर्खाका बारेमा खोज अनुसन्धान गर्न युवा पुस्तालाई आग्रह गरे । 

सम्मेलन सनिबारसम्म चल्ने छ ।