मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टोपलाल अर्याल गुल्मी 
२०७६ असोज २१ मंगलबार २०:१९:००
Read Time : < 1 मिनेट
समाचार

श्रममन्त्री बिष्टले ९ वर्षपछि लगाए दसैंको टीका 

Read Time : < 1 मिनेट
टोपलाल अर्याल गुल्मी 
२०७६ असोज २१ मंगलबार २०:१९:००

श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्टले ९ वर्षपछि दसैंके टीका लगाएका छन । उनले ८९ वर्षीया आमा चिन्तकला बिष्टको हातबाट टीका लगाएका हुन् । दसंको टिकाकै लागि मन्त्री बिष्ट सोमबार जन्मघर गुल्मीको इस्मा गाउँपालिका ४ दोहली बाझ पुगेका थिए । उनले मंगलबार दिनभर आफन्तबाट टीका लगाउनुका साथै कार्यकर्ताहरुलाई टीका लगाइदिएका छन् । उनले विभिन्न परिस्थितिले लामो समयपछि दसैंमा टीका लगाउन पाएकोमा खुशी लागेको बताए । 

पाँच दाजुभाइ मध्येका साइला भाई मन्त्री बिष्टले आफ्नो दाजु इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्ट, माइलो दाजु नीर बहादुर बिष्टको हातबाट पनि टीका लगाएका छन् । उनले नागरिकमा दसैंमा मात्रै नभएर वर्षभरनै खुशी ल्याउन सरकार गम्भीर ढङ्गले लागेको बताए । दशैंको टिका लगाउन गुल्मी आएका मन्त्री बिष्ट बुधबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।