मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका बनेपा
२०७६ असोज २० सोमबार १३:२०:००
Read Time : < 1 मिनेट
समाचार

फुटबलको विषयमा विवाद हुँदा गोली चल्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बनेपा
२०७६ असोज २० सोमबार १३:२०:००

फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेर विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको छ ।

'फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ', जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, 'एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ ।'

छलफलको क्रममा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा नेपालीको दसैंको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ ।