१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज १७ शुक्रबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार

विवाह मण्डपबाट दुलाह दुलहीसहित सात जना पक्राउ

Read Time : < 1 मिनेट
२०७६ असोज १७ शुक्रबार १६:१४:००

बालविवाह गराइएको आरोपमा प्रहरीले सल्यानको शिद्धकुमाख गाउँपालिकाबाट सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुलाह दुलहीसहित उनीहरुका आमाबुवा र पण्डित रहेका छन् । बालविवाह हुँदै गरेको गोप्य सुचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले शिद्ध कुमाख गाउँपालिका ४ चाँदेकरञ्जीबाट उनीहरुलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानको अनुसार १९ वर्षीय वेहुला र १९ बेहुलीसहित बेहुलाका बुवा लोक बहादुर बोहरा र आमा माया बोहरा, बेहुलीका बुवा रत्न बहादुर रावत र कलौटी रावत छन् । यसैगरी जाजरकोट कुसे गाउँपालिका ९ का पण्डित २५ वर्षीय नविन आचार्य पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेको स्थानबाट पक्राय गरी शुक्रबार सार्वजनीक गरेको हो । 

जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खटिवडाले भने 'हामीले उनीहरुलाई दुलाहाको घरमा विवाह समारोह भइरहेको समयमा पक्राउ गरेका हौं ।' बालविवाह गर्ने र गराउने गैरकानुनी त छ नै तर यसले पार्ने सामाजिक, आर्थिक र स्वास्थ्यको प्रभावका बारेमा सबै सचेत हुन आवश्यक भएको उनले बताए । 

बालविवाह रोक्न सचेतनामा विशेष जोड दिएको बताउँदै डिएसपि खतिवडाले सचेतिकरणको लागि पनि उनीहरु माथि कारवाही अघि बढाएको बताए ।