मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार १५:१८:००
Read Time : < 1 मिनेट
विश्व

९५ वर्षकाे उमेरमा पूर्व अमेरिकी राष्ट्रपति कार्टर घर बनाउन व्यस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १६ बिहीबार १५:१८:००

सन् १९७७ देखि १९८१ सालसम्म अमेरिकाकाे राष्ट्रपति बनेका जिमी कार्टर गत मंगलबार ९५ पुगे । यस अवसरमा उनले आफ्नाे निवास जर्जियामा कुनै कार्यक्रम आयोजन गरेका थिएनन् ।

पूर्व राष्ट्रपति कार्टर यस उमेरमा पनि कुनै थकाइ महसुस गर्दैनन् । उनी निरन्तर गरिबी जनताकाे जीवन उकास्न काम गरिरहने समाचार जनाइएकाे छ । कार्टर र उनकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाकाे विभिन्न स्थानमा पुगेर पछिल्लाे ३६ वर्षदेखि गरिबका लागि घर बनाउँदै आएका छन् ।

१ अक्टाेबर १९२४ सालमा जन्मेका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति बनेका छन् । उनी पहिले याे रेकर्ड जर्ज एच.डब्लू. बुशकाे नाममा रहेकाे थियाे । बुशकाे निधन ९४ वर्ष १७१ दिनकाे उमेरमा निधन भएकाे थियाे । कार्टरले यही वर्षकाे मार्च महिनादेखि याे रेकर्ड आफ्नाे नाममा लेखाएका हुन् । एजेन्सी